Public Pana
‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनुपर्छ’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, सीमान्तकृतलगायत समुदायको पूर्ण अधिकार अझै पनि सुनिश्चित नभएको बताउनुभएको छ । सप्तरीको राजविराजमा लोसपा नेपालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता महतोले भन्नुभयो, “मधेसी जनताको अधिकार प्राप्तिका लागि आफूहरुको सङ्घर्ष जारी छ ।”

कार्यक्रममा नेता शरत्सिंह भण्डारीले निर्वाचनमा गठबन्धन बाध्यता रहेको भन्दै आफूहरू लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको बताउनुभयो । “बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरी हामीले त्यस्तो विचार मिल्ने दलसँग गठबन्धन बनाउँछौँ”, उहाँले भन्नुभयो । 

लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा भएको कार्यक्रममा लोसपाका अर्का नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवले जनताको अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update