Public Pana
एकाविहानै सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

राप्ती राजमार्गको मुलुपानीमा आज विहान डवल क्याब जीव दुर्घटना हुँदा ८जनाको घटनास्थलमै मृत्यु भएको छ । 
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका(३ मुलपानीमा दुर्घटना भएको हो 
सल्यानका प्रमुअख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृतक सवै सल्यानको कपुरकोटकै  हुन् । 
दुर्घटनामा  सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर ल्याउन लागिएको प्रहरीले जनाएको छ । 
जीप बुधबार बिहान करिब ३ बजे भीरबाट तल खसेको हो ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update