Public Pana
आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ। 

आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update