Public Pana
सम्पती बिबरण बुझाएको कानुन मन्त्री धनराज गुरुङको प्रमाण सहितको दाबी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफूले सम्पती बिबरण सार्बजनिक गरिसकेको बताएका छन् ।

दैनिक पत्रिकालगायतमा आएको समाचारको खण्डन गर्दै उनको सचिवालयमार्फत स्पष्ट गर्दै भनेका छन्, ‘भ्रष्टाचार रहित मुलुक र सुशासनपूर्ण समाज निर्माण गर्ने प्रतिबद्दता सहित जनताबाट प्रत्यक्ष अनुमोदित माननीय मन्त्रीज्यू आफ्नो काम, कर्तब्य र जिम्मेवारीप्रति अत्यन्तै सजग हुनुहुन्छ।’

उनले सम्पती बिबरण बुझाएको प्रमणसहित सामाजिक सञ्जालमा राखेका छन् ।

उनको सचिवालयको बिज्ञप्तीः

माननीय मन्त्रीज्यूहरुको सम्पत्ति विवरण सार्वजनिकको बिषयलाई लिएर राजधानी दैनिकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बिषयमा सम्प्रेषित गरेको समाचारप्रति सचिवालयको गम्भिर ध्यानाकर्षण भएको छ। माननीय मन्त्री धनराज गुरुङ ज्यूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बि.सं. २०८० साल जेठ १८ गते आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाइसकेको र प्रमाणको लागी प्र.म. कार्यालयमा वुझाएको विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा अवगत गराउँछौं। भ्रष्टाचार रहित मुलुक र सुशासनपूर्ण समाज निर्माण गर्ने प्रतिबद्दता सहित जनताबाट प्रत्यक्ष अनुमोदित माननीय मन्त्रीज्यू आफ्नो काम, कर्तब्य र जिम्मेवारीप्रति अत्यन्तै सजग हुनुहुन्छ। लोकतन्त्रलाई जिवन्त बनाउन राज्यको चौंथो अंगको भूमिका अहम् हुने हुँदा सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी आफ्नो भूमिकालाई विश्वसनीय बनाउनुहुनेछ भन्ने आशा राख्दछौं – मन्त्री ज्युको सचिवालय। जय नेपाल ।

Screenshot_2023-06-08-22-54-14-644-edit_com.facebook.katana1686244251.jpg

FB_IMG_16862409984931686242256.jpg

FB_IMG_16862409926321686241727.jpg

FB_IMG_16862409951021686242221.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update