Public Pana
नयाँ सदस्यता वितरण र नवीकरण अनलाइन मार्फत हुने

नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्। 

उनले सदस्यता नवीकरण तथा नयाँ सदस्‍यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिए । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राखेका थिए ।

देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ। कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update