Public Pana
तुलसीपुरका विद्यालयमा पाँच दिन गर्मी बिदा

गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन्।

जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए।

गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ।

तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कुल एक सय ४८ वटा विद्यालय रहेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update