Public Pana
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी

नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीवार आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आम्दानी र खर्चको हिसावले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौति रहेको बताउनु भयो ।

उहाँले सरकारले प्रश्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याज भन्दा विकास बजेट सानो हुन थालेको टिपणी गर्नुभयो।

उहाँले ऋणको सावाँ ब्याज भुक्तानीको लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गर्नुभयो । देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने बताउनु भयो।

सरकारले आगामी आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न धेरै मेहनत गरे बजेटले सकारात्मक सुधार गर्ने अपेक्षा गर्न सकिने बताउनु भयो ।

उहाँले सरकारले प्रश्ताव गरेको बजेट गठबन्धनमा भएको सरकारले ल्याएको भएर पनि बजेटमा स्पष्ट सामाजिक, राजनैतिक दृष्टिकोणको कमी रहेको बताउनु भयो । उहाँले बजेटमा निजी क्षेत्रलाई प्रोत्साहित गरेकोले सकारात्मक रुपमा लिन सकिने बताउनु भयो । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update