Public Pana
बलात्कार आराेपमा एक युवक पक्राउ

२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको छ। 

 

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update