Public Pana
रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ ।

 

अष्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो । 

 

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरुको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ । 

 

ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो । 

 

यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानिय प्रवक्ताले भने।

 

 

उक्त रेलमा आगलागी भएपछि १ घन्टा भन्दा बढी समय लगाएर आगो निभाईएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update