Public Pana
भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताएका छन् । 

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताए । Rastriye sabha 21686123390.jpg

‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाइँहरु अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको हुँ ।’ 

भ्रमणका क्रममा नेपालको वृहत्तर हित र विकासलाई टेवा पुग्नेगरी छलफल र सम्झौता भएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update