Public Pana
मेयर बालेनको ब्रसेल्स भ्रमण सरकारद्वारा स्वीकृत

सरकारले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको विदेश भ्रमण स्वीकृत गरेको छ ।

जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागि हुन बालेनको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृती दिएको हो ।

सरकारी तवरबाट हुने बैदेशिक भ्रमणलाई सरकारले स्वीकृती दिनुपर्ने व्यवस्था छ ।

यसैगरी बुधवारको मन्त्रिपरिषद बैठकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको संञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ ।
मन्त्रीपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृत दिने निर्णय गरेको छ । मत्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको उहाँले बताउनु भयो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update