Public Pana
अमेरिकाको भर्जिनिया शहरमा सात जनामाथि अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको भर्जिनियास्थित रिचमण्ड शहरमा सात जनामाथि गोली प्रहार भएको छ।

द न्यूयोर्क टाइम्सका अनुसार मंगलबार साँझ सवा ५ बजे  हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिचमन्डका प्रहरी प्रमुख रिक एडवार्ड्सले अन्धाधुन्ध चलेको गोली लागेर सात जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको बताएका छन्।

अन्धाधुन्ध गोली चलेपछि भागदौड हुँदा दर्जनौं घाइते भएका छन्। 

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update