Public Pana
सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । 
नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।

आफ्नो देशमा रहेको पत्ता लागेमा सम्बन्धित मुलुकले नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update