Public Pana
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुदुरपश्चिमको खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको  मङ्गलबार उद्घाटन गर्दैप्रधानमन्त्री प्रचण्डले चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गर्नुभयो । उहाँले खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको जानकारी दिनुभयो ।

उहाँले  भन्नुभयो, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ ।

विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको  ओइरो लाग्नेछ ।”

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताउनुभयो । “खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो । अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ”, उहाँले भन्नुभयो–“भू–स्वर्ग भनेकै खप्तड भएको हुँदा जीवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update