Public Pana
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी

काठमाडौंका मेयर बालेन साहले ३४२ वटा निजी विद्याललाई ५ दिनभित्र छात्रवृति बुझाएको विवरण पेश नगरे हदैसम्मको कारवाही गर्ने चेतावनी दिएका छन्  ।

मेयर साहले फेसबुक मार्फत कानुन बमोजिम गरिव  जेहेन्दार विद्यार्थीलाई  प्रदान गरिने छात्रवृत्रि नबुझाउने ३५२ को निजी विद्यालयको नाम सार्वजनिक समेत गरेका छन् ।

मेयर साहले नियम कानुन उलंघन गर्ने बिद्यालयको अनुमति वा स्वीकृती रद्द गर्ने चेतावनी समेत दिएका छन् । 
मेयर साहको फेसबुक स्टाटस यसप्रकार छ । 

हामी काठमाडौं महानगरपालिकामा भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर छौ। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ।

तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेल [email protected] मा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो।

धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ। वहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौ। (विद्यालयको विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट https://kathmandu.gov.np मा हेर्न सकिनेछ)।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालय (IEMIS CODE भएका) ले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौ।

यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ।   सबै बिबरण प्राप्त भएपछि हामी छात्रवृत्ति को लिस्ट सार्वजनिक गर्नेछौ ।

छात्रवृत्ति नदिने निजी विद्यालयको नामावली

Private School name1686055240.jpg

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update