Public Pana
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो

आजका लागि बोलाइएको राष्ट्रिय सभाको लागि बोलाइएको बैठक स्थगित भएको छ ।

अर्काे बैठक बुधबार बस्नेगरी सारिएको होे । ​मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए । 

महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update