Public Pana
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धन दलहरुको बैठक आज पनि बस्दैछ । 

यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

कार्यदललाई कुन दलले कुन(कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।

असोज २३ गते मनोनयन  दर्ता हुने भएकाले अगाडि नै सहमति जुटाएर सिट बाँडफाँडको टुंगो लगाउनुपर्ने  बाध्यता दलहरूलाई छ ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update