Public Pana
‘कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्व सम्पदा सूचीमा परेका हनुमानढोकास्थित दरबार क्षेत्र र स्वयम्भूसम्मको दूरीलाई पदमार्गस्थलका रुपमा व्यवस्थित गरी सम्पदामार्गदेखि सम्पदामार्गसम्मको कार्यक्रमको प्रक्रियासमेत सुरु गरिएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका विभिन्न सात सम्पदा  विश्व सम्पदा सूचीमा सूचीकृत भएकामा यी दुवै स्थान पर्ने र करिब तीन किलोसमटरको दूरीमा रहेको उहाँको भनाइ थियो ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार ल्याउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अगाडि बढाइएको बताउनुभयो । काठमाडौँमा विभिन्न जात्रा पर्व तथा सांस्कृतिक चाडपर्व र सम्पदाहरू पर्यटकीय आकर्षणका दृष्टिले महत्वपूर्ण रहेकाले तिनको संरक्षण र सांस्कृतिक विविधतालाई प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । कलाकार द्यःलाले शिवशङ्करको पुराणमा आधारित चित्रहरूमार्फत शिवको महिमा पुस्तकमा चित्रण गर्नुभएको छ । सो अवसरमा वरिष्ठ कलाकार मदन चित्रकारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update