Public Pana
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलप भएको एमाले अध्यक्ष ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फलप भएको आरोप लगाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धि बलियो प्रमाण रहेपनि प्रधानमन्त्रीले प्रभावकारी रुपमा नेपालको तर्फबाट सिमा विवाद समाधानका लागि आवाज उठाउन नसकेको बताए ।

नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै उनले भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताए ।

प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर झुकाउने गरी भारत भ्रमण गरेकोआरोप लगाए । ओली प्रधानमन्त्रीको भ्रमणका क्रममा कुटनीतिक मर्यादाको धज्जी उडाएको भन्दै आपत्ती जनाए ।  

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update