Public Pana
सिमा विवाद समाधानका लागि भारतीय समकक्षीलाई गम्भीर ढंगले आग्रह गरेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो चार दिने औपचारिक भारत भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । 

उहाँले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतका प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गर्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताउनुभयो ।

उहाँले आफूले भारतका प्रधानमन्त्री मोदीसँग गम्भीर रूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको दावी गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update