Public Pana
भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको प्रधानमन्त्रीको प्रष्टोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल-भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका बेला भएका समझदारी बताउँदै कालापानी, लिपुलेक लिम्पियाधुराबारे आफूले कुनै विकल्प नदिएको बताएका हुन्।

‘मैले नेपालको भूमि नेपालकै हो भन्ने पहिला स्थापित हुनुपर्छ मात्रै भनेको हुँ,’ उनले भने, ‘मैले नेपालको भूमि यताउता गर्‍यो कि भनेर माननीयजीहरूले राखेको देख्दा म असाध्यै चिन्तित छु र पीडित पनि भएको छु।’

उनले यसपटकको भ्रमण उपलब्धीमूलक भएको बताउँदै के सत्तापक्ष, के प्रतिपक्ष के नेपाली बुद्धिजीवी, के नागरिक समाज सबैले स्वागत गर्ने सोचेको तर त्यस्तो नभएको भन्दै गुनासो गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update