Public Pana
लाभकरमा अर्थमन्त्रालय र लगानीकर्ताबीच सहमति भएसँगै सेयर बजारमा उछाल

बजेटपछि सेयर बजार लगातार घटेपछि आन्दोलनरत सेयर लगानीकर्ताहरू र अर्थमन्त्रालयबीच सहमति भएको छ।  

अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जारी गरेको पत्रमा प्राकृतिक व्यक्तिको लागि हाल लिइएको पुँजीगत लाभकर नै अन्तिम लाभकर भएको स्पष्ट पारेको छ। 

ुप्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेने सहमति भएको छ । 

पत्रमा थप भनिएको छ, ुत्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।ु


पुँजीगत लाभकर नै अन्तिम हुनुपर्छ भन्दै लगानीकर्ताहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका थिए। सहमतिपछि सेयर बजारमा एक्कासी उछाल आएको छ ।

प्रिओपन सेसनमा कारोवार नभएपछि सहमति भएको खवरसँगै सेयर बजार दोहोरो अंकले बढिरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update