Public Pana
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा

नेपालले घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा जीत हात पारेको छ । अन्तिम खेलमा आइतवार नेपालले मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३(२ ले जितेको हो ।  

अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सिता राना मगरले ३४ रन बनाइन् भने कप्तान रुविना क्षेत्री २३ र अप्सरी बेगमले १५ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ जोड्यो । 
नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update