Public Pana
मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन् ।
शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे ।
उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारे । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताए ।
 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update