Public Pana
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।
उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।
प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update