भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिइने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत् छ । यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने ।