Public Pana
पहिले दुई  छोरालाई बिष खुवाइन, अनि आफैले बिष सेवन गरिन !

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।

प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । 

झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज ९सीएमसी०मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । 

साथै आमा सोनी र अर्को छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update