Public Pana
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ

महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । 
 
पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । 
 
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुदैँछ । 

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ । 
 
नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । 
 
सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।
 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update