Public Pana
हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा


चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ ।
निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो । 
उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरूमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update