Public Pana
विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं : प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update