Public Pana
युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ


युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको उनलाई पक्राउ गरिएको हो ।


रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । पक्राउ परेका रोकालाई आज दाङ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।


घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update