Public Pana
एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढ्यो सुनको भाउ

 मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 


सोमबार छापावाल सुन प्रतितोला १  लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १  लाख ७  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 


त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update