Public Pana
बिजुक्छेंको गम्भीर आरोप ः गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिए

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनकाे भनाइ छ ।

एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिंदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update