Public Pana
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी

घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

पहिलो खेलमा हार व्यहोरेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले  पराजित गरेको हो । यससँगै सिरिज १ –१ को अवस्थामा पुगेको छ ।

नेपालले पाएको ९७ रनको लक्ष्य १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा सर्वाधिक २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का प्रहार गरिन । कविता कुँवरले २६ रन तथा सिता राना मगरले २३ रन जोडे । सिताले २२ बलको सामना गर्दा २ चौका र १ छक्का हानिन। 

मलेसियाका लागि आइस्या इलिसा, निक नुर र विनिफ्रेड अनेले १(१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९६ रन जोडेपनि हार टार्न भने सकेन

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update