Public Pana
यस्तो छ आजको मौसम

सुनसरी जिल्लाको चतरा र आसपासमा ठूलो पानी परिरहेको छ।

यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आज प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

जसको प्रभावले हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरुमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।

प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि मंगलबार र बुधबार पनि प्रदेश १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update