Public Pana
टीकापुरमा बस दुर्घटना, ११ जना घाइते


कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कैलालीको जानकी गाउँपालिका-१ दुर्गौली चोकमा ना६ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सामान्य घाइते रेहेका छन् ।
बस धनगढीबाट टीकापुरतर्फ आउँदै गर्दा दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update