Public Pana
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ


कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । ६ ग्राम ९२ मिलिग्राम लागूऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update