Public Pana
उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त

उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा. सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो । 

डा. सिलवाल यसअघि पनि उपराष्ट्रपति नन्दकिशोर पुनको निजी चिकित्सक थिए । डा.सिलवालले नियुक्तिको पत्र बुझिसकेका छन् ।

डा.सिलवाल मुटु रोग विशेषज्ञ हुन् । उनी नर्भिक अस्पतालमा कार्यरत छन् । ललितपुरको गोदावरी निवासी सिलवाल अल्का अस्पतालमा समेत काम गर्छन । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update