Public Pana
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

 संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरिएको छ । 

आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो । पारित नियमावलीले यसअघिकै संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने नियमलाई यथावत राखेको छ । यसलाई संशोधन गरिनुपर्ने आवाज भने उठेको थियो । 

४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके नियुक्ति पाउन सक्ने प्रावधानलाई नियमावलीमा निरन्तरता दिइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update