Public Pana
रेशम चौधरीलाई आम माफी दिन मन्त्रिपरीषद्को सिफारिस, आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

चौतर्फी बिरोधका बावजुद सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। सिहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रक्रिया अघि बढाउने प्रयोजनका लागि गृहमन्त्रालयले चौधरीलाई आमामाफी दिन राष्ट्रपति कार्यालयमा प्रस्ताव गरेको थियो ।

गृहको सो प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि आइतवार नै  सरकारले औपचारिक रुपमा मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष आममाफी सिफारिस गरेको हो ।

सरकारको उक्त प्रस्ताव आजै राष्ट्रपति कार्यालय पठाउने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

सरकारको उक्त सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने सक्नेछन्।

गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी दिने तयारी अनुसार सरकारले उक्त प्रक्रिया अघि बढाएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update