Public Pana
आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।
 
संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । 
 
आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।
 
र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख  गरिएकाे छ ।
 
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update