Public Pana
सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता

जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ । 
केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । 
 
अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update