Public Pana
७६ जिल्लामा डेंगी संक्रमण फैलियो, नियन्त्रणमा ढिलाई भए मृत्यु दर बढेन सक्ने स्वास्थ्य बिज्ञको चेतावनी

हिमाली जिल्ला मुस्ताङ बाहेक ७६ जिल्लामा डेंगीको सक्रमण फैलिएपछि अवस्था भहावह हुने भन्दै जनस्वाथ्य विज्ञहरुले नियन्त्रणका लागि ठोस  पहल नभए मृत्युदर बढेन सक्ने चेतावनी दिएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म मुस्ताङबाहेक देशका ७६ जिल्लामा डेंगी फैलिएको हो । मनाङ, डोल्पा हुम्ला, सोलुखुम्बुलगायतका हिमाली जिल्लामा समेत डेंगी फैलिएको छ । 

डेंगी नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।

नेपालमा २-३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update