Public Pana
नक्कली शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी महर्जन रहेकी छन् ।
उनीसहित १७ जनालाई पक्राउ गरिसकिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
उनी घटनाका आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।
प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update