Public Pana
हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन

हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ । 
 
बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२  का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो ।

बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update