Public Pana
रौतहटमा गोली हानी एक जना एकको हत्या


रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ ।
बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो । टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update