Public Pana
रुकुम पश्चिममा जिप दुर्घटना, पाँच जनाको मृत्यु


रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित पाँच जनाको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बिउनटाकुराले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का ७७ वर्षका कर्ण बाठामगर, ४८ वर्षका देउचन खत्री र २३ वर्षकी शितला कुसारी, बाँफीकोट गाउँपालिका–८ कि २२ वर्षकी रेखा खनाल केसी र उनको २२ दिनका छोरा रोशन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
१५ जना सवार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का २ वर्षका प्रशिद्ध कुसारी, सोही ठाउँका २० वर्षकी अनिता केसी, २२ वर्षका ललित बाठा मगर, ४० वर्षका प्रेम बाठा मगर रहेका छन् ।
त्यस्तै ७ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । जसमध्ये एक जना डिस्चार्ज भएको प्रहरीले जनाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update