Public Pana
भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने


कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ ।

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ ।

जुलुशमा सहभागी भई ऐक्यवद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुमा सादर आह्वान गरिएको छ ।

 
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update