Public Pana
भौतिकमा कर्मचारीका हाकिम गौतमको सरुवा, जीवलाल भूसाल नयाँ हाकिम

भौतिक पुर्वावार तथा यातायात मन्त्रालयका सहसचिव तुलसी गौतमको सरुवा भएको छ । गौतमको सरुवासँगै बाणिज्यका जीवलाल भूसाल भौतिकमा आएका छन् ।

मन्त्रालयमा करिब १ बर्षअघि आएका गौतमको कार्यसम्पदान चित्त बुझ्दो नभएपछि मन्त्री मोहम्मद इस्तियाक राईले सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए ।

मन्त्रीको आग्रहपछि गौतमलाई सरुवा गरेर सामान्यले बाणिज्य विभागमा रहेका भूसाललाई भौतिकमा ल्याएको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update