Public Pana
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

 आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।
 
मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update